काठमाडौं । वागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ ।

बिहीबारदेखि लागू हुने गरी वागमती प्रदेशले भाडा बढाएको हो । 

प्रदेश सरकारले काठमाडौंमा चल्ने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको हो । नयाँ भाडा दरअनुसार अब ५ किलोमिटरको दुरीसम्म २० रुपैयाँ तोकिएको छ ।


त्यसैगरी, १० किलोमिटरसम्म २७ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरदेखि माथि ४० रुपैयाँ भाडादर तोकिएको छ । सरकारले वागमती प्रदेश भित्रै चल्ने सवारी साधनको भाडादरमा ८ प्रतिशतले वृद्धि गरेको छ ।

कहाँ कति वृद्धि हेर्नुहोस् 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय