काठमाडाैँ । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको हार्दिक शुभकामना सहित दोहोरी च्याम्पियनबाट उप बिजेता भएकी लोकप्रिय गायिका शोभा कार्की र खेम सेन्चुरीको उत्कृष्ट तीज गीत ‘बाटुली’ बजारमा आएको छ।गीतमा खेम सेन्चुरी र शोभा कार्कीको सुमधुर आवाज सुन्न पाइन्छ।

एक नारीले राम्रो पति पाउ भन्दै वर्त बस्ने समय हो तीज सोहि बिषयलाई बिशेष स्थान दिदै नारीको पहिरान र कहानीलाई गीतमा प्राथमिकता दिदै उक्त गीत बजारमा ल्याईएको छ।गीतमा खेम सेन्चुरीको लय र नेत्र अर्यालको शब्द सिर्जना रहेको छ।

चर्चित मोडल गीता ढुंगाना र खेम सेन्चुरीले अभिनय दिएको उक्त गीत यतिबेला खेम सेन्चुरी युटुब च्यानलमा बजारमा आएको आएको छ।गीत बजारमा आएको केहि घण्टा न बित्दै युटुब देखि सबैतिर हिट छ भने आवाजको यो बेला निकै प्रशंसा गरिएको छ शोभाको।

भिडियो निर्देशन भने प्रकाश भट्टले गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय