काठमाडौं । काठमाडौंमा आउँदो शुक्रबारदेखी करियर मेला आयोजना हुने भएको छ । मेलामा युवा जनशक्तिले राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीमा रोजगार हुने अवसर प्राप्त गर्ने बताइएको छ ।

मेलामा ५० भन्दा बढि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सुचना, प्रविधि र उत्पादनमुलक क्षेत्र र बैंक तथा वित्तिय संस्था सम्बद्ध कम्पनीहरुको सहभागिता रहनेछन् । जसमध्ये कोकाकोला, गोल्छा ग्रुप, दराज, ईसेवा लगायतका कम्पनीहरु मेलाको प्रमुख साझेदार कम्पनीहरु रहेका छन ।

ती मध्ये २० कम्पनीले मेलाकै दौरान सक्षम जनशक्तिलाई अनुबन्ध गर्ने बताइएको छ । बाँकी कम्पनीहरुले सहभागीको सिभि संकलन गरि निकट भविष्यमा अनुबन्ध गर्ने आयोजकको भनाई रहेको छ । मेलामार्फत विद्यार्थीहरुले करियर काउन्सेलिङको अवसर पाउने समेत बताइएको छ ।

आईआईएमएस कलेजले आयोजना गर्न लागेको यो मेला भगवती बहाल स्थित लिसारा ब्यांक्वेटमा आयोजना हुनेछ । आयोजकले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मेला सञ्चालन हुने जानकारी दिएको छ । मेलामा अन्तक्र्रिया कार्यक्रम ९प्यानल डिस्कसन० का साथै संस्कृतिक प्रस्तुति समेत रहने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय