मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ्ले मेलम्ची हेलम्बु सडक तथा पुलपुलेसाको अनुगमन गर्नुभएको छ । प्रमुख तामाङ्ले अनुगमन गर्दै बिग्रेको सडक तत्काल मर्मत गर्न तथा जिण अवस्थामा अहेको पुलको संरक्षण गर्न निर्देशन समेत दिनुभयो । नदिले कटान गरेको खेती योग्य जमिन तथा उच्च जोखिममा रहेका बस्तिको अनुगमन गर्दै प्रमुख तामाङ्ले थप क्षती हुनबाट जोगाउनु नगरको मुख्य उद्देश रहेको बताउनुभयो । उहाँले निर्माणकै चरणमा रहेको विभिन्न कामको समेत अवलोकन गर्दै द्रुत गतिमा काम गर्न समेत आग्रह गर्नुभयो । उहाँले क्षतिको आकंलन गरि क्षती हुन नदिन सबै संयन्त्र परिचालित हुनुपर्ने तामाङ्को भनाइ छ । दीर्घकालीन रुपमा गुरुयोजना बनाएर अगाडि बढ्ने भन्दै उहाँले तत्कालका लागि कटान रोक्न आवश्यक रहेको बताउनुभयो । अनुगमनमा प्रमुख तामाङ , प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताल,९ नम्बरका वडा अध्यक्ष किरणदिप खड्का वातावरण अधिकृत सुजन दुलाल , इन्जिनियर लगायत रहेको वातावरण अधिकृत दुलालले जानकारि दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय