काठमाडौ ।२०६६ सालमा स्थापना भएको भन्सार जाचपास परिक्षण कार्यालय त्रिपुरेश्वरले हाल सम्म ११ औ कार्यालय प्रमुख पाइसकेको छ। यस बीचमा जति यस कार्यालय मा प्रमुख भएर आए उनीहरुले कार्यालयको परिचय समेत राम्ररी गराउन नसकेको तितो यथार्थ छ।त्यही यथार्थलाई आत्मसात गर्दै गत कार्तिक देखि कार्यलयमा प्रमुख भएर आउनु भएका लक्ष्मि प्रसाद निरौला यतिबेला कार्यालयलाई सबैका सामु परिचय गराउदै आफू आएर तोकिएको लक्ष्य समेतलाई पूरा गराएका छ्न।

आफैमा गुमनाम भएर बसेको कार्यलयमा प्रमुख त भए तर धेरै जसोले नचिनेको कार्यलय त्यसमाथि पनि भन्सार राजस्व चुहावट भएका बिषयमा गम्भीरतापूर्वक हेर्नुपर्ने निकाय चलायमान बनाउने अभियानमा दिनरात सकृय देखिनु भएका कार्यलय प्रमुख निरौलाले सात वटा भन्सार कार्यालयमा पुगि छलफल र स्तरीय बहस पैरवी समेत गराइसकेको देखिन्छ भने अन्तर्राष्ट्रिय अभ्यासलाई समेत ध्यानमा राखी यसलाई निरन्तरता दिनुभएको पाइन्छ।

जसको परिणाम यसकार्यालयको स्थापनाको इतिहासमा पहिलोपटक राखिएको वार्षिक लक्ष्य अनुसार तिन सय वटा तोकिएको तारगेट समेत पूरा भएको छ।त्यसै गरि यस कार्यालय र आन्तरिक राजस्व बिभाग बीच कार्यगत एकता गर्दै लक्ष्य अनुसारको काममा लाग्ने गृहकार्यले समेत राजस्वमा हुने चुहावट नियन्त्रणमा बलपुग्ने त्यस कार्यालयको गतिविधि बुझ्ने जानकारहरु बताउछ्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय