काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले त्रिभुवन विश्वविद्यालयको विभिन्न तहका प्रश्न पत्र निर्माणका क्रममा देखिएका विकृति र लापरबाहीलाई रोक्न माग गरेको छ । 

आज अनेरास्ववियुले त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई १० बुँदे माग पत्र बुझाउँदै परीक्षा प्रणाली सुधार गर्न माग गरेको हो । 

त्रिविको विभिन्न तहको परीक्षामा गत वर्षकै प्रश्न दोहोरिएको थियो । अनेरास्ववियुले अनुशासन भङ्ग गर्ने परीक्षा केन्द्र, मिलेमतो गर्ने शिक्षक, कर्मचारीहरूको अध्ययन गरी प्रतिवेदन तयार गरी सार्वजनिक गर्न समेत माग गरेको छ ।

परीक्षा सञ्चालन भएको १२० दिन पूरा भइसकेका सबै तहका परीक्षाको परीक्षाफल ४५ दिन भित्रमा प्रकाशित गर्न र सबै तहका सबै परीक्षाको परीक्षाफल बढीमा तीन महिनाभित्रमा प्रकाशित गर्न पनि माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय