सिन्धुपाल्चोक जिल्लामा हाँडिखोला एक स्थानीयलाई बगाएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ धापका १२ बर्षका अनुज बस्नेतलाई खोलाले बगाएको वडा नम्बर ६ का वडा अध्यक्ष नारायण भट्टाराईले जानकारी दिनुभयो ।


आज पौडी खेल्न गएका बस्नेतलाई खोलाले बगाएको हो । बस्नेतको खोजी कार्य भैरहेको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले बताउनुभयो ।


खोजीमा स्थानीयहरु जुटेका छन । तर अहिलेसम्म बेपत्ता बस्नेतको अवस्था पत्ता लाग्न सकेको छैन् ।
प्रहरी निरीक्षक भण्डारीले बर्खाको समयमा निद तथा खबरे खोला आसपास नजान समेत आग्रह गर्नुभयो । उहाँले अहिले पनि खेल्ने, नुहाउने, माछा मार्ने लगायतको बाहानामा बालबालिका तथा अन्य मानिसहरु खोलामा जानेगरेको भन्दै नजानका लागि आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय