काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको एक वर्षे कार्यकाल पुगेको अवसरमा प्रधानमन्त्रीको सचिवालयले निकालेको महत्त्वपूर्ण कामको सूचिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणलाई समेत राखेको छ । 

सरकारको एक वर्षै कार्यकालको सूचिमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सम्पन्न देखि दुई देशबिचको सम्बन्धमा देखा परेका अविश्वास र संशय मेटाएर हार्दिकताको सम्बन्ध विस्तारसम्मका कामलाई उपलब्धि मानेको छ । 

बुद्ध जयन्तीको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गत जेठमा लुम्बिनी भ्रमणमा आएका थिए। सोही क्रममा स्वागत गर्न पुगेका नेपालका प्रधानमन्त्री देउवाले र्‍याल चुहाएर ट्रोलको सिकार बनेका थिए । एकै छिन मात्र पनि ध्यान एकीकृत गर्न नसक्ने देउवाको र्‍याल चुहाएको भिडियो भाइरल बनेको थियो । देउवा सरकारको एक वर्ष पूरा हुँदै गर्दा सामाजिक सञ्जालमा भने र्‍याल चुहाएको विषयलाई लिएर देउवा सरकारको उपलब्धि भन्दै खिसीटिउरी गरिरहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय