काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज अध्यक्ष ओलीको निवास बालकोटमा भेटवार्ता गर्नुभयो ।

अध्यक्ष ओली र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच द्विपक्षीय सम्बन्ध र आपसी चासोका विषयहरूमा कुराकानी भएको नेकपा(एमाले) विदेश विभाग प्रमुख डा.राजन भट्टराईले बताउनुभयो ।

डा. भट्टराईका अनुसार, नेपाल र चीनबिचको सम्बन्ध धेरै अगाडिदेखि सुमधुर रहँदै आएको र आजको बदलिँदो अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिक परिस्थितिमा पनि चीन र नेपालबीचको सम्बन्ध हामीले विगतमा तयार गरेका आधार र मान्यताहरूकै आधारमा अगाडि बढाउने विषयमा दुवैतर्फबाट प्रतिबद्धता जाहेर भएको छ ।

नेपाल र चीन बीचको सम्बन्ध पारस्परिक हितका आधारमा अगाडि बढाउने तथा दुई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकका भएकाले एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिमा अगाडि बढिरहेका छन् ।

चीनले नेपाललाई अत्यन्त नजिकको मित्रराष्ट्रका रूपमा हेर्ने गरेको र नेपाल विकासमा भरपर्दो विकास साझेदार मुलुकका रूपमा रहँदै आएको र त्यसलाई निरन्तररुपमा अगाडि बढाउन चाहेको कुरा छलफलका क्रममा चीनका तर्फबाट सीपीसीका विदेश विभाग प्रमुख लिउले राख्नुभएको थियो ।

त्यसै गरी नेपालको तर्फबाट अध्यक्ष ओलीले नेपालले विगतदेखि भन्दै आएको एक चीन नीति र सँगसँगै नेपाली भूभाग चीन लगायत अन्य मित्रराष्ट्रका विरुद्धमा प्रयोग नहुने÷ हुन नदिने प्रतिबद्धता जाहेर भयो । त्यो पुरानो प्रतिबद्धतामा नेकपा एमाले प्रतिबद्ध छ । त्यसलाई निरन्तर रूपमा अगाडि बढाउन चाहन्छौँ भन्ने कुरा अध्यक्ष ओलीले राख्नु भएको विदेश विभाग प्रमुख भट्टराईले जानकारी दिनु भयो ।

अध्यक्ष ओलीसँग लिउले बिहान १० बजे देखि दिउसो १ बजेसम्म भेटघाट गर्नुभएको थियो ।

त्यसभन्दा बाहेक दुई वटा पार्टीका बीचमा, यद्यपि हामी दुइटा देशका दुइटा छुट्टै पार्टी हौँ, हामीले हाम्रो देशको परिस्थिति अनुसार हाम्रा विचारहरू निर्माण गरेका छौँ, हामीले मार्क्सवादलाई यहाँको परिस्थिति आन्तरिक परिस्थिति सबै कुरालाई ध्यानमा राखेर व्याख्या गरेका छौँ भने चिनियाँहरूले आफ्नो खालको व्याख्या गरेका छन् मार्क्सवादको । र त्यस अनुसार अगाडि बढेका छन् । त्यसो भएको हुनाले यी विषयमा हामीले आ आफ्ना देशको स्वतन्त्र हिसाबको। अगाडि बढाइरहेका छौँ । नेपालले गर्ने निर्णय नेपालले लिने नीतिका बारेमा नेपालले स्वतन्त्र हिसाबले निर्णय लिने छ । जुनसुकै विषयमा । त्यसै गरी चिनियाँहरूले पनि त्यसै हिसाबले लिने हो ।
हामीले हाम्रो मैत्रीपूर्ण सम्बन्ध र अहिले जुनसुकै परिस्थिति अगाडि बढेता पनि यो सम्बन्धलाई विगतमा जे जस्तो हिसाबबाट हामी अगाडि बढेका थियौँ त्यही हिसाबले । अगाडि बढ्नु उचित हुन्छ भन्ने विषयमा उहाँहरू बीच कुराकानी भएको छ ।

नेपाल सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो यो मुलुकले लिने नीतिका बारेमा हामी सम्मान गछौं । सँगै हामी छिमेकी मित्रराष्ट्र हौँ, हामीले अरू मुलुकसँग अन्तर्राष्ट्रिय सम्बन्ध कस्तो रहन्छ भन्ने हिसाबमा हामीले नेपाललाई हेर्दैनौ, हामीले नेपाल र चीनको हितमा पारस्परिक समानताका आधारमा पारस्परिक लाभका आधारमा ।सम्बन्ध निरन्तररुपमा त्यही रूपमा अगाडि बढाउन चाहन्छौ ।
विचार मिल्नेहरू एक ठाउँमा आउन सक्नुहुन्छ तपाईँहरूको कुरा हो । यस मामिलामा यसो गर्नुस् उसो गर्नुस् त्यो हामीले । भन्न चाहन्नौँ । त्यो तपाईँहरूको आन्तरिक मामिला हो भन्ने छ उहाँहरूको । दुई देशको सम्बन्ध राष्ट्रिय हित हेरेर हुन्छ ।

चार दिने नेपाल भ्रमणमा लिउ आइतबार यहाँ आउनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय