काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बहादुर बोहराले जिल्ला प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हालेका छन् । 

बिहिबार उनले कार्यालयमा हाजिर भएर जिम्मेवारी सम्हालेका हुन् । प्रहरी प्रधान कार्यालयस्थित प्रशासन महाशाखामा कार्यरत रहेका बोहरालाई गृह मन्त्रालयले बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवा गरेको थियो ।

यसअघि काठमाडौं प्रहरी प्रमुखमा रहेका सुदिप गिरी डीआईजीमा बढुवा भएपछि बोहराले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन् ।

यस अघि सिन्धुपाल्चाेक, बर्दिया लगायत जिल्लामा समेत बाेहाेराले कमाण्ड गरि सकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय