सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाको प्रवक्तामा शशिनाथ आचार्य चयन हुनुभएको छ । 

बुधवार बसेको गाउँ कार्यपालिकाको बैठकले आचार्यलाई प्रवक्तामा चयन गरेको हो। इन्द्रावती गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्षसमेत रहनुभएका उहाँलाई प्रवक्ताको जिम्मेवारी दिइएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले जानकारी दिनुभयो ।  

इन्द्रावती गाउँ कार्यपालिकाले गरेका निर्णय, कार्य सम्पादन तथा पालिकाबाट भएका गतिविधिका बारेमा जानकारी गराउनको लागि प्रवक्ता चयन गरिएको अध्यक्ष नेपालले बताउनुभयो । 

प्रवक्ताको जिम्मेवारी पाउनुभएका आचार्यले इन्द्रावतीवासी, सञ्चार जगत् एवं सरोकारवाला सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय