उज्यालो मन पराउने म,
आजकल मलाई खै के भयो?
अन्धकारको खोजी मात्र गर्छु,
कहिले यो घाम अस्थाउँछ, र
त्यो चन्द्रमाको सुन्दरता हेर्न पाउँछु, भनी पर्खी बस्छु!
पहिला जस्तो जोस र जागर अहिले हराएको देख्दा,
आफैलाई प्रस्न गर्छु,
के भयो तलाई ?भनी सोधी रहन्छु,
अनि मेरो मनको एक कुनाबाट आवाज सुन्छ
सायद तलाई यो दुनियाको सोच र विचारले थिचि सक्यो
सायद तैंले सोचेको भन्दा फरक वास्तविकताले तँलाई टुक्रयीसक्यो।

प्रशंसा रिजाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय