मेलम्ची / मानव सेवा आश्रम भक्तपुरले सडक मानवरहित बनाउने उद्देश्यका साथ मेलम्चीका बेवारिस नागरिकहरुको उद्धार गरेको छ । सडक मानवरहित बनाउन विगत देखिनै संस्थाले काम गर्दै आएको आश्रमकि गण्डिकि प्रदेश संयोजक सुमिरा लामाले जानकारी दिनुभयो ।
खुला आकाशमुनि रात बिताउन विवश घर परिवारविहीन, परिवार तथा समाजबाट हेपिएका, बेसहारा, अनाथ, असक्त, अपाङ्ग, असहाय एवं मनोरोगी तथा जीवन नै जोखिममा रहेका हरेक उमेर समूहका साहाराको आवश्यक भएका मानवहरुलाई स्थानिय तहसँगको समन्वयमा तत्काल उद्धार, उपचार, पालनपोषण तथा उचित वातावरणको उपलब्ध गराउने सेवा गरिरहेको संस्थाले जनाएको छ । मेलम्ची नगरपालिकाकि उपप्रमुख उमा प्रधानको पहलमा मेलम्चीको बेवारिस ब्यक्ति हरुको उद्धार भएको हो ।

उहाँले सडकमै खाने ,बस्ने ,महिलाहरुलाई पिट्ने लखेट्ने लगायतका गतिविधि गर्न थालेपछि मेलम्ची नगरपालिकालाई सडक मानवमुक्त बनाउने उद्धेश्यले उनीहरुलाई आश्रममा पठाइएको प्रधानले बताउनुभयो ।


संस्थाले औषधोपचार, पालनपोषण, मनोविमर्श, प्रारम्भिक स्वास्थ्य तथा मनोचिकित्सकीय सेवा, सुधार भएका र सक्षमका लागि जीविकोपार्जनसम्बन्धी तालीम, सुधारपश्चात् परिवारको खोजी, पारिवारिक पुनर्मिलन, पारिवारिक पुनर्मिलन हुन नसकेकाको दीर्घकालीन संरक्षणजस्ता सेवा प्रदान गर्दै आएको आश्रमका भक्तपुर संयोजक । विवेक महत्वले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय