काठमाडौँ। सिन्धुपाल्चोक हेलम्बुका मनोज तामाङले आफ्नो ३३औँ जन्मोत्सव नयाँ जीवन नेपाल गोकर्णेश्वर काठमाडौँमा मनाउनुभएको छ ।

उहाँले सो केन्द्रमा रहेका अनाथ बाबालिकाहरुलाई राशन ,चामल ,दाल, नुन, तेल, चाउचाउ, बिस्कुट लगायत  १५ हजार २१० रुपैयाँ बराबरको सहयोग गरेर जन्मोत्सव मनाएको बताउनुभयो ।

जन्मदिनको अवसरमा गरिने अनावश्यक खर्चलाई कटाएर अनाथ बालबालिकालाई सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको तामाङको भनाई छ ।

नेपाली काँग्रेस बागमती प्रदेश प्रतिनिधि समेत रहेका तामाङले आगामी दिनमा पनि यस्तै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय