प्रत्येक बर्ष प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा मनसुन पुर्वको तयारी तथा विपद प्रतिकार्यका लागि अन्तरपालिका छलफललाई तिब्र पारीएको छ । बाढी तथा पहिरोको अवस्था, जल तथा मौसम विज्ञान विभागद्वारा मेलम्ची र इन्द्रावती नदि आसपासका क्षेत्रहरुमा सम्भावित जोखिम तथा क्षति न्यूनीकरणका उपायहरु र मनसुन सम्बन्धी मुख्य सवालहरुका बिषयमा बिज्ञसंगको छलफल कार्यक्रम सम्पन्न भएको हो ।


जिल्लाका स्थानीय तहहरुले आपतकालीन पूर्व तयारी योजनाको चार्ट तयार गर्नका साथै पुर्व सुचना प्रणाली ९भ्बचथि धबचलष्लन कथकतझ० र सञ्चार ट्री ९संयन्त्र० कार्यान्वयन गरी प्रकोप पूर्वतयारी र जोखिम न्यूनीकरणमा समयमै प्रारम्भिक सूचनाको प्रचार प्रसारको काम गर्नका लागि कार्यक्रम प्रभावकारी भएकोे जिल्ला विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालको भनाई छ ।


मनसुन पुर्वानुमानको सूचना स्थानिय तहहरुबाट व्यवस्थित गरी क्षति न्युनिकरणका लागी पुर्व निर्धारित प्रक्रिया प्रयोग गरेर प्रारम्भिक कार्य गर्ने उदेश्यले क्षेत्रीय एकिकृत बहुप्रकोप पुर्व सुचना प्रणाली को प्राविधिक सहयोगमा दक्षिण एसियाली क्षेत्रमा अन्तिम माइल संञ्चार सुदृढीकरण परियोजना अन्र्तगत कार्यक्रम गरिएको हो ।


उक्त कार्यक्रममा इन्द्रावती, हेलम्बु, पाँचपोखरी थाङपाल गाउँपालिका र मेलम्ची नगरपालिकाका जनप्रतिनिधी सहित, जल तथा मौसम बिज्ञान विभाग, विपद जोखिम व्यवस्थापन बिज्ञ, जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका बिज्ञ, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विपद व्यवस्थापन शाखाका प्रतिनिधि तथा सिन्धुपाल्चोकका तिनवटै सुरक्षा निकायका प्रमुखहरु सहित को सहभागिता रहेको थियो । कार्यक्रममा । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले यस्ताखाले कार्यक्रमले विपद् पूर्व तयारी सम्बन्धी काम गर्न सहज हुने बताउनुभयो । उहाँले नगरपालिकाले विभिन्न निकायमा विपद् ब्यबस्थापन समिति गरेर काम गरिरहेको जानकारी गराउदै नगरपालिकाले विपद् पूर्वतयारीको धेरैकाम गरिरहेको बताउनुभयो । पाँचपोखरी थाङ्पाल गाउँपालिकाकि उपाध्यक्ष सुनिता अधिकारीले आफ्नो पालिकामा भइरहेका जोेखिमको अवस्था र गाउँपालिकाले गरिरहेका कामका बारेमा जानकाररी गराउनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय