Site icon Subhatime

पछिल्लो चौबिस घण्टामा थपिए कोरोना भाइरसका ७८ जना नयाँ संक्रमित

Corona virus. Virus cells or bacteria molecule. Flu, view of a virus under a microscope, infectious disease. Germs, bacteria, cell infected organism. Virus H1N1, Swine Flu. 3d Rendering.

काठमाडौँ । ​​​​​​​ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर ७८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएको जनाएको छ ।

कूल ३ हजार ५१५ जनाको स्वास्थ्य परिक्षण गर्दा ७८ जनामा कोरोना भाइरसको संक्रमण रहेको पाइएको हो ।

स्वास्थ्य मन्त्रालयले बितेको चौबिस घण्टामा २ हजार १३१ जनाको एन्टीजेन र १ हजार ३८४ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरेको थियो ।

हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५०८ जना रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबिस घण्टामा २३ जना संक्रमित निको भएका छन् ।

Exit mobile version