Site icon Subhatime

प्रचण्डको सूचीले माओवादीमा भाँडभैलो

काठमाडौं । माओवादी केन्द्रको बैठकमा भाँडभैलो मच्चिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको १ सय २५ सदस्य पोलिटब्युरोप्रति असन्तुष्टि जनाउँदै बैठकमा भाँडभैलो मच्चिएको हो ।

प्रचण्डले आफू निकटका व्यक्तिलाई मात्रै समावेश गरेर पोलिटब्युरो सदस्य नियुक्त गरेको भन्दै केही केन्द्रीय सदस्यले आपत्ति जनाएका हुन् । कमलादीको प्रज्ञा भवनमा चलिरहेको बैठकमा केही सदस्यले हलबाटै ‘सधैँभरि हामीले मात्रै त्याग गर्नुपर्ने, हामीले कहिल्यै अवसर नपाउने हो रु’ भन्दै प्रश्न गरेका छन् ।विवाद भएपछि नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक एक घण्टाका लागि स्थगित गरिएको छ।

अहिले असन्तुष्ट पक्षसँग छलफल गर्ने तयारी भइरहेको छ।अध्यक्षले प्रस्ताव गरेको पोलिटब्युरो सदस्यको नामावलीप्रति काभ्रे जिल्ला, प्रदेश १ र मधेस प्रदेश का नेताहरुले तीव्र असन्तुष्टि जनाएका छन्।

प्रचण्डको सूचीमा उनले आफ्नी छोरी बुहारी र भाई सहित चारजना परिवारकै नाम भने अटाएका छन् ।

Exit mobile version