काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६।६० अङ्कले ओरालो लागेर दुई हजार २७।३२ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३।४२ अङ्कले ओरालो लागेर ३८५।४९ मा ओर्लेको छ । कूल २२९ कम्पनीका ४७ लाख ११ हजार २५ कित्ता शेयर रु एक अर्ब ८० करोड ६२ लाख चार हजार ७६५ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये बिहीबार सामूहिक लगानी कोषको कारोबारमात्रै उकालो यात्रामा छ भने बाँकी रहेका १२ उपसमूहको शेयर मूल्य ओरोलो लागेको छ । बैंकिङ ८।५७, व्यापार २३।४७, होटल तथा पर्यटन ३१।२४, विकास बैंक ४६।२१, जलविद्युत् १५।९३, वित्त ७।७९, निर्जीवन बीमा ३३।६७, उत्पादन ४३।२, अन्य २२, लघुवित्त ३७।३६, जीवन बीमा ११५।१७ र लगानी ०।५३ अङ्कले ओरालो लागेको छ । त्यस्तै सामूहिक लगानी कोषको शेयर मूल्यमा ०।०९ अङ्कले उकालो लाग्यो ।

बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ९१ अर्ब ४७ करोड ६९ लाख ५५ हजार ३५ बराबर रहेको छ । कारोबारका आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेशन शीर्षस्थानमा छ । सो कम्पनीको रु सात करोड ६५ लाख ८९ हजार ९८२ बराबरको कारोबार भएको छ ।

त्यस्तै अरुण काबेली पावर रु छ करोड ३० लाख छ हजार ३३४, शिवम् सिमेन्ट रु छ करोड २५ लाख ३२ हजार ९१८, हिमालयन डिस्टिलरी रु पाँच करोड ९० लाख आठ हजार २६४ र माथिल्लो तामाकोसी रु पाँच करोड ८२ लाख ३९ हजार ६३२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आरबिबी म्युचुअल फण्ड एक ३।९३, माउण्टेन हाइड्रो नेपाल ३।२४, सिटिजन म्युचुअल फण्ड दोस्रो ३।०३, नारायणी डेभलपमेन्ट बैंक २।६७ र बैंक अफ काठमाण्डूको ऋणपत्रका लगानीकर्ताले २।५९ प्रतिशतले कमाए । यस्तै समिट लघुवित्त ५।२०, लिवर्टी इनर्जी ५ प्रतिशत, नयाँ सारथी लघुवित्त ३।९७, गुराँस लघुवित्त ३।८४ र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले ३।६४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय