सिन्धुपाल्चोक । मेलम्चीमा”टेनएक्स आइटी सोलुसन”को दुई दिने आधारभूत पत्रकारिता तालिमको समापन भएको छ ।

ह्योल्मो सिन्धु मेलम्ची सामुदायिक उत्थान केन्द्रको आर्थिक सहयोग र” टेनएक्स आइटी सोलुसन”को आयोजनामा दुई दिने कार्यक्रम आज मेलम्चीमा समापन भएको हो ।

कार्यक्रममा समाचार लेखन, “फाईभ डब्ल्यु वन एच”को प्रयोग,पत्रकारिता पेसाप्रतिको अवसर र चुनौती,आधारभूत पत्रकारिता लगायत विषयमा प्रशिक्षण गराइएको थियो ।

पत्रकारिताप्रति चासो र चिन्ता ब्यत्त गर्ने युवा युवतीहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको “आधारभूत पत्रकारिता तालिम” का संयोजक दीपक विक्रम देउजाले बताउनुभयो ।

तालिमको अभावमा सामाजिक सञ्जालहरूमा जथाभाबी सूचना प्रसारण गर्दा सिङ्गो पत्रकारिता क्षेत्रप्रति नै नकारात्मक दृष्टिकोण बढ्दै गएकाले तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

दुई दिनसम्म चलेको आधारभूत पत्रकारिता तालिम “पत्रकार” शिवशत्ति आचार्य, सिन्धुपाल्चोकका वरिष्ठ पत्रकार डम्बर रसिक भारती,पत्रकार दीपक अर्याल,पत्रकार सरोज सरोज ढुङ्गाना लगायत पत्रकारहरूले प्रशिक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय