सिन्धुपाल्चोक । “टेनएक्स आइटी  सोलुसन” ले पत्रकारिता क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन दुई दिने अधारभूत तालिम सञ्चालन गरेको छ । 

पत्रकारिताप्रति चासो र चिन्ता ब्यत्त गर्ने युवा युवतीहरूलाई लक्षित गरी “टेनएक्स आइटी  सोलुसन”ले  मेलम्ची रिभर साईडमा तालिम सञ्चालन गरेको हो । 

तालिमको अभावमा सामाजिक सञ्जालहरूमा जथाभाबी सूचना प्रसारण गर्दा सिङ्गो पत्रकारिता क्षेत्रप्रति नै नकारात्मक दृष्टिकोण बढ्दै गएकाले तालिम सञ्चालन गरिएको कार्यक्रमका संयोजक  दीपक विक्रम देउजाले बताउनुभयो । 

ह्योल्मो सिन्धु मेलम्ची सामुदायिक उत्थान केन्द्रको आर्थिक सहयोगमा सञ्चालन भएको तालिममा १६ जना युवा युवतीहरूको सहभागिता रहेको संयोजक देउजाले जानकारी दिनुभयो । 

दुई दिनसम्म चल्ने तालिमको सहजीकरण “पत्रकार” शिवशत्ति आचार्यले गर्नुभएको थियो । पत्रकार आचार्यले “5W1H” पत्रकारिता क्षेत्रका चुनौती अवसरका विषयमा प्रशिक्षण गर्नुभएको थियो । त्यस्तै सिन्धुपाल्चोकका वरिष्ठ पत्रकार डम्बर रसिक भारतीले आधारभूत पत्रकारिताका विषयमा प्रशिक्षण गर्नुभएको थियो भने प्रशिक्षक दीपक अर्यालले स्थानीय सञ्चार माध्यमको प्रभावकारिता,लैङिक हिंसामा पत्रकारिताको भूमिका लगायत विषयमा प्रशिक्षण दिनुभएकोथियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय