सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले ज्यामिरेमाने-नवलपुर सडक स्तरोन्नतिको ‘ग्रावेलिङ’ कार्य अनुगमन गर्नुभएको छ । 

सोमवार प्राविधिक टोली सहित स्थलगत अनुगमनमा पुग्नुभएका नेपालले सडक निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिनुभयो । 

वडा नम्बर ९ का वडाध्यक्ष बाबुराम लामा, वडा नम्बर ६ का वडाध्यक्ष इन्द्र बहादुर तामाङ लगायतको टोली अनुगमनमा गएको थियो । 

बर्खा सुरु भएसँगै पहिरो खस्ने, सडक अवरुद्ध हुने, सवारी साधनहरू फस्ने लगायतका समस्या धेरै हुने हुँदा त्यसो हुन नदिन र तत्काल सडक मर्मत तथा ‘ग्रावेलिङ’ काे काम गर्न समेत अध्यक्ष नेपालले निर्देशन दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय