सिन्धुपाल्चोक । विपद् प्रभावितहरुका लागि २ दिने मनोसामाजिक परामर्श तालिम सम्पन्न भएको छ । तालिमको समापन गर्दै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले जुनसुकै बिपद्ले महिला ,बालबालिका, वृद्धबृद्दाहरु अति प्रभावित हुने भएकाले यस्ता तालिम फलदायी हुने बताउनुभयो । घटना घटिसकेपछी भन्दा पनि घट्नु भन्दा अगाडि नै पुर्व तयारी आवश्यक रहेको उपप्रमुख प्रधानले बताउनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणको आयोजना र ग्रामीण महिला तथा बाल स्वास्थ्य समूह नेपालको प्राबिधिक सहयोगमा सञ्चालन भएको तालिम सम्पन्न मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले जानकारी दिनुभयो । तालिमको दिलिप श्रेष्ठ र रोजी मर्हजनले सहजीकरण गर्नुभएको थियो । मनोसामाजिक समस्या भएका र भावि दिनमा यस्ता समस्या आएमा के गर्न सकिन्छ भन्ने बारेमा तालिम केन्द्रित रहेको वडा नम्बर ११ कि सदस्य प्रतिमा धितालले अनुभव सुनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय