सिन्धुपाल्चोक । नेपाली कांङ्ग्रेसका तर्फबाट उम्मेदवार भइ स्थानीय तह निर्वाचन २०७९ मार्फत निर्वाचित जनप्रतिनिधि हरुलाइ आज मेलम्ची नगर कार्यसमितिले सम्मान गरेको छ । 

नेपाली कांङ्ग्रेस मेलम्ची नगर कार्यसमिति सिन्धुपाल्चोक द्धारा आयोजित कार्यक्रममा मेलम्ची नगरपालिकाभित्र निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । नगर प्रमुख आइतमान तामाङ, विभिन्न वडाका वडा अध्यक्ष, वडा सदस्यहरु, जिल्ला समन्वय समितिमा प्रतिनिधित्व गर्नुहुने जिसस सदस्य लगायतलाई सम्मान गरिएको नगर कार्यसमिति सचिव निश्चल गिरीले जानकारी दिनुभयो । 

कार्यक्रम जिल्ला सभापति जंगध्वज लामाको प्रमुख आतिथ्यमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय