सिन्धुपाल्चोक। मेलम्ची हेलम्बु अबरुद्ध सडक ३ घण्टापछि सञ्चालनमा आएको छ । नगरप्रमुख आइतमान तामाङले अवरुद्ध सडकको निरिक्षण गरेपछि तत्काल सडक खुलाउने प्रक्रिया अगाडि प्रक्रिया बढाइएको थियो ।

नगरपालिकाका प्राविधिक सहितको टोलिले अध्ययन गरि ३ घण्टापछि सडक खुलाउन सफल भएको इन्जिनियर जित बहादुर कार्किले जानकारी दिनुभयो । नगर प्रमुख तामाङले तत्काल १ घण्टाभित्र सडक खुलाउन निर्देशन दिनुभएको थियो ।

नदि तटियक्षेत्रहरु अत्यन्तै जोखिममा रहेकाले सावधानी अपनाउन पनि प्रमुख तामाङले आग्रह समेत गर्नुभएको छ । उहाँले आगामि दिनमा पनि मुख्य मुख्य सडकहरु जतिबेलापनि बिग्रनसक्ने भन्दै जतिसक्दो सडक खुलाउन नगरको तर्फबाट काम सुरु गरिने समेत बताउनुभएको छ । सडक खुलाउन स्थानिय, प्रहरी, ससस्त्र प्रहरी नगरपालिकाका कर्मचारी लगायतले सहयोग गरेका थिए ।

यसैबिच काठमाडौं–जर्सिङपौवा–फट्केश्वर–मेलम्ची सडक खण्ड अन्तर्गत छाप भन्ज्याङ देखि फट्केश्वर सडक मर्मतको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले स्थलगत अनुगमन गर्नुभएको छ । मेलम्ची हुँदै काठमाडौं जाने छोटो दुरीको सडकलाई सहज आवत जावतका निम्ति उहाँले यसभन्दा अघिनै अनुगमनमा गई तुरुन्त काम गर्न निर्देशन दिनुभएको थियो । अहिले सो सडकमा ग्राव्रेलको काम भइरहेको नगर प्रमुखको स्वकिय सचिव मानकाजी प्राख्रिनले जानकारी दिनुभयो । बर्खा सुरुभएसँगै पहिरो खस्ने, सडक अवरुद्ध हुने, सवारी साधनहरु फस्ने लगायतका समस्या धरैहुने हुँदा त्यसो हुन नदिन तत्काल सडक मर्मत तथा ग्रावे्रलको काम गर्न नगर प्रमुख तामाङले निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय