Site icon Subhatime

सवारी दुर्घटना न्युनीकरण तथा सडक सभ्याता अभिवृद्धिका लागि ट्राफिक सचेतना कक्षा सञ्चालन

ईलाका प्रहरी कार्यालय मेलम्चीले सवारी दुर्घटना न्युनीकरण तथा सडक सभ्याता अभिवृद्धिका लागि ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको छ । मेलम्ची भएर गुड्ने साना तथा ठुला सवारी चालक तथा सहचालकलाई दुर्घटनाबाट बचौं र बचाऔं भन्ने नाराका साथ कक्षा सञ्चालन गरिएको ट्राफिक पोष्ट मेलम्चीका इन्चार्ज सुरज थापाले जानकारी दिनुभयो

। ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख उत्तम सिंह भण्डारीले चालक तथा सहचाकलाई सवारी दुर्घटना न्युनीकरण तथा सडक सभ्याता अभिवृद्धि सम्बन्धी जानकारी गराउनुभएको थियो । कक्षामा चालकको काम ,कर्तव्य ,ट्राफिक चिन्ह , लगायतको बारेमा सुझाइएको निरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

सामान्य मानवीय त्रुटिका कारण हुने दुर्घटना न्यूनीकरण बारे सहभागीलाई जानकारी गराइएको थियो । सामान्य बेला भन्दा बर्खाको समयमा सवारी दुर्घटना बढी हुने गरेको , ओभर स्पिड, मापसे, लगायत थुप्रै कारणले गर्दा दुर्घटना हुने भन्दै सचेत रहन प्रहरीले आग्रह गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालयले यसअघि पनि सचेतना मुलक कार्यक्रम गर्दै आएको छ ।

Exit mobile version