काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एसपीपीको पछिल्लो ड्राफ्ट निकै खतरनाक रहेको बताउनुभएको छ ।

जननेता मदन भण्डारीको ७१ औँ जन्म जयन्तीका अवसरमा सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले एसपीपीको ड्राफ्ट घातक रहेको बताउनुभएको हो ।

अध्यक्ष ओलीले एसपीपीका सन्दर्भमा पहिला यस्तो ड्राफ्ट नआएको र अहिलेको नयाँ ड्राफ्ट घातक रहेको बताउनुभयो । ‘यो नयाँ ड्राफ्ट हो, यो घातक छ । यस्तो ड्राफ्ट पहिला कहिल्यै आएको थिएन । अहिले यो ड्राफ्ट फेरी पठाएर नयाँ आएको हो ’,उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले राष्ट्रियता भन्ने कुरा तमासा गर्ने चिज नभएको बताउनुभयो । ‘एमसीसी शेरबहादुर, पुष्पकमल दाहाल भएर सम्झौता गर्नुभयो, उहाँहरूले पास गर्नुभयो । बिचमा एउटा वातावरण बिगार्नुभयो । किन प्रहरीसँग झडप गर्नु परेको थियो रु किन बाटो हिँड्ने मान्छेलाई ढुङ्गा हान्नुपर्‍यो रु’​उहाँले भन्नुभयो ।

उहाँले आफू प्रधानमन्त्री भएको बेला एसपीपीमा नेपालको पनि नाम आएपछि आफूले कार्यदल बनाएर रोकेको बताउनुभयो । एमसीसी जस्तै एसपीपीमा पनि सामेल हुने सम्भावना रहेको उहाँको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय