​​​​​​​काठमाडौं । मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आइरहेको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष धरानका कृष्ण राईलाई दिएको छ ।

जननेता मदन भण्डारीको ७१ औँ जन्म जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।

सोताङ अर्गानिक फार्म प्रा.लि.सञ्चालन मार्फत राईले अर्गानिक खेती र समग्र उत्पादन, प्रोसेसिङ र बजारीकरणमा पुर्याउनु भएको योगदान स्वरूप उहाँलाई यो वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गरिएको फाउण्डेसनले जनाएको छ । पुरस्कारको राशी १ लाख रुपैंया रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय