काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्री मन्त्रालयबाट बिदा हुन लाग्दा डाँको छोडेर रोएकी छिन् । मन्त्रालयमा आइतबार बेलुकी आयोजित पत्रकार सम्मेलनको सुरुवातमै उनी रोएकी हुन् ।

मन्त्री हुँदाको सुरुको दिन हाँसेको फोटोले भाइरल भएकी झाँक्री मन्त्री पद छोडेको दिन भने रोएर चर्चामा आएकी छन् । पत्रकार सम्मेलनको कार्यक्रम सुरु हुँदै गर्दा मन्त्री झाँक्री आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यु पेपरले आँसु पुछ्दै राेइन् । पार्टी सचिवालय बैठक फिर्ता बोलाउने निर्णय गरे पनि राजीनामा नदिने अडान राखेकी मन्त्री झाँक्रीले अन्तिममा आइतबार बाहिरिने निर्णयमा पुगेकी थिइन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय