मेलम्ची / विपद् व्यबस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम मेलम्चीमा उद्घाटन भएको छ । जिल्ला ब्यबस्थापन समिति , ससस्त्र प्रहरी बल नेपाल १६ नम्बर गण हेड क्वाटर सिन्धुपाल्चोक द्धारा आयोजित अभिमुखिकरण कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले यस्ता अभिमुखिकरण कार्यक्रमले विपद् प्रतिकार्यको काममा सहज हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले नगरपालिकाले पनि यस्ता काममा सहयोग गर्ने भएकाले सहकार्य गर्न आग्रह गर्नुभयो ।

कालिजंग गण सुरक्षा बेश मेलम्चीका सह सेनानी असोक कुमार के सि, ससस्त्र प्रहरी बलका सहायक प्रहरी नायव उपरिक्षक दिपकराज गुरुङ , इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक उत्तम सिंह भण्डारी लगायत अन्य सुरक्षा प्रमुख गरि ४० जनाको उपस्थिति रहेको अरुण विक्रम बस्नेतले जानकारी दिनुभयो । तालिममा प्रत्येक वडाबाट जनप्रतिनिधि, महिला, स्वयंसेवक सहभागिता रहेको नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले जानकारी दिनुभयो । आइतबार बाट सुरु भएको तालिम सोमबार सम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय