काठमाडौँ । सरकारले अन्तर प्रदेश चल्ने गाडी भाडा समायोजन गरेको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर घटाएको हो ।

शनिवार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटाए लगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो ।

यात्रुवाहक सवारीको भाडा ५.४१, पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा ६.९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय