चितवन । भरतपुर विमानस्थलको टावर नजिकै आज बिहान आगलागी भएको छ ।

बिजुलीको तारमा करेन्ट सर्ट भई टावर नजिकै आज बिहान ३ बजेर ४० मिनेटमा एक्कासि आगो लागेको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार आगलागीबाट बिजुलीको तार, टेलिफोन र इन्टरनेटको तारमा क्षति पुगेको छ ।

उहाँले दमकलसहितको प्रहरीको टोलीले १० मिनेट भित्रै आगो नियन्त्रणमा लिएको बताउनुभयो । आगलागीबाट टावर तथा अन्य मानवीय क्षति भने नभएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय