Site icon Subhatime

जबरजस्ती करणीमा पुर्पक्षको लागि सिन्धुपाल्चोक कारागारमा रहेका गोलेको मृत्यु

सिन्धुपाल्चोक । जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षको लागि थुनामा रहेका ४९ वर्षीय मइते गोलेको मृत्यु भएको छ। सिन्धुपाल्चोक पाँच पोखरी थाङ्पाल गाउँपालिका वडा नं ५ का गोलेको शनिवार मृत्यु भएको हो। 

बिहान रिँगटा लागेर ढलेका गोलेलाई उपचारको लागि चौतारा अस्पताल लगिएको थियो । अस्पताल लगेको केही समयमा नै गोलेको मृत्यु भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वरप्रसाद  चौधरीले जानकारी दिनुभयो। 

गत कात्तिक महिनामा प्रहरीले गोलेलाई पक्राउ गरी थुनामा राखेको थियो। मृतकको आफन्त आइपुगेपछि पोस्टमार्टम गरिने अस्पताल स्रोतले जनाएको छ। 

Exit mobile version