लमजुङ । मध्य पहाडी लोक मार्गअन्तर्गत राइनास नगरपालिकाभित्र पर्ने सडक खण्डका विभिन्न स्थानमा खसेको पहिरो स्थानीय आफैले हटाउन थालेका छन् । 

पहिरोले सडक अवरोध एवं जोखिम बनाएको वर्षौँ हुँदा पनि सम्बन्धित निकायले वास्ता नगरेपछि पहिरो फाल्ने तथा सडक सरसफाइका लागि स्थानीय आफैँ खटिएका हुन् । 

राइनासका स्थानीय एवं सामाजिक अभियन्ता कृष्णराज ओलियाको अगुवामा विभिन्न व्यक्तिहरूको सहयोगमा जनस्तरबाट सडक सफाइ अभियान तथा पहिरो पन्छाउने काम भएको हो । 

वर्षाका कारण सडक जीर्ण र जोखिम हुँदा पनि सम्बन्धित निकायबाट समाधानको लागि कुनै पहल नभएपछि सामाजिक अभियन्ता ओलियाले सामाजिक सञ्जालबाटै सडक सफाइ अभियानमा जुट्न आव्हान गर्नुभएको हो। 

मध्य पहाडी लोक मार्गको पाउँदी पुल नजिकै हर्राबोटबाट सुरु  भएको सडक सफाइ अभियान हर्राबोट प्यारजुङ सडक खण्डको सात ठाउँमा खसेको पहिरो पन्छाइएको ओलियाले जानकारी दिए । सो स्थानमा गत वर्ष असारमा पहिरोको कारण पुरै बाटो अवरुद्ध भएको थियो ।

तत्कालै पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन गर्न मिल्ने बनाइ पनि सडकको आधाभन्दा बढी स्थानमा खसेको पहिरो पन्छाउन कुनै पनि निकायले चासो नदिँदा सडकमै माटो थुप्रिएर बसेको थियो । सडक खण्डअन्तर्गत अन्य स्थानमा खसेको पहिरो पन्छाउने तथा थुनिएका नाली सफाइलाई निरन्तरता दिने सामाजिक अभियन्ता ओलियाले बताउनुभयो । 

राइनास नगरपालिकाअन्तर्गत मध्य पहाडी लोक मार्ग तथा अन्य सडक मार्गमा एक वर्ष अगाडिदेखि गएको पहिरो पन्छाउन कुनै पनि निकायले चासो नदिँदा सवारी आवागमनमा समस्या झेल्नुपरेको थियो । 

यस वर्ष पुन निरन्तर वर्षाले पहिरो खस्ने तथा सडकमा लेदो थुप्रिएकाले सवारी सञ्चालनमा समस्या हुन थालेपछि सडक सफाइमा जुटेको अभियन्ता ओलियाले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय