इन्द्रावती / इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँसभाको पहिलो अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशन बाट आर्थिक बर्ष ७९ ÷८०को निति तथा कार्यक्रम सर्वसम्मतीले पारित भएको छ । त्यस्तै आर्थिक विधेयक, र राजस्व परामर्श प्रतिवेदन , बार्षिक प्रगती प्रतिवेदन सर्वसम्मतीले पारित भएको छ । साथै विनियोजन विधेयक आउदो २५ गते छलफल गर्नका लागि टेबुल समेत गरिएको छ । गाउँसभा बाट ७९ करोड, ९१ लाख ३६ हजार बराबरको बजेट टेबुल गरिएको हो । गाउँपालिका उपाध्यक्षसोभाना तामाङले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा दुग्ध उत्पादनमा प्रोत्साहन गर्न दुग्ध संकलन तथा प्रसोधन केन्द्र डेरीमा दुग्ध विक्रि गर्ने किसानलाई प्रतिलिटर रु २ अनुदान दिदै आएकोमा उक्त रकम सत् प्रतिशत वृद्धि गरि रु ४ रुपैयाँ उपलब्ध गराइने ब्यबस्था गरिएको , उत्कृष्ट कृषक विशेष अनुदान कार्यक्रम सञ्चालन गरिने , पालिका स्तरमा निर्मित रंगसालालाई इन्द्रावती रंगसालाको रुपमा नामाकरण गर्ने र उक्त रंगसालामा गाउँपालिका र क्षेत्रिय स्तरका सबै प्रतियोगिताहरु सञ्चालन गर्ने, कक्षा १ देखिनै अग्रेजि माध्यमबाट पठनपाठनको ब्यबस्था मिलाई सबै पाठ्यपुस्तक निशुल्क उपलब्ध गराउने निति तथा कार्यक्रममा उल्लेख छ ।


त्यस्तै अनिवार्य स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरि अति गरिब तथा विपन्न नागरिकहरुलाई स्वास्थ्य बिमामा पहुँचको लागि गाउँपालिकाको तर्फबाट बिमागर्न बिमा सहयोग कोषको स्थापना गरिने उल्लेख गरिएको छ । सहकारीमा आधारित चक्लाबन्दि खेती प्रणालीलाई प्रोत्साह गरिने , गाउँपालिका स्तरीय खानेपानी उपभोक्ताहरुको सञ्जाल गठन गरिने , फोहोरमैला व्यवस्थापनका लागि उपयुक्त स्थान छनौट गरी आवश्य कार्य अघि बढाइने , जनसहभागितामा आधारित सिंचाई कार्यक्रलाई निरन्तर सञ्चालन गर्ने ,घर भित्रको वायु प्रदुषण मुक्त गाउँपालिका घोषणा गर्ने निति तथा कार्यक्रममा उल्लेख छ ।

साथै गाउँसभाकै अवसरमा गाउँपालका बाट सञ्चालित कक्षा ८को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने २ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा ऐसेलुखर्क माध्यमिक विद्यालयका आशिष काफ्ले र महेन्द्र माध्यमिक विद्यालयका अप्सरा सुनारलाई सम्मान गरिएको हो । उनिहरुलाई नगद २५ हजार सहित प्रमाणपत्रले सम्मान गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय