मेलम्ची । मेलम्ची नदिमा भु सेन्सर स्टेशन ९ भुउपग्रह प्राविधिमा आधारित प्राकृतिक प्रकोप सुचना प्रणाली ० जडान गरि हस्तान्तरण गरिएको छ ।स्याटालाइटको माध्यमबाट नदिको पानी र माटोको लेबल अर्थात बहाब जाँच्ने उक्त यन्त्र युनेस्कोको लागि नेपाल राष्ट्रिय आयोगको आर्थिक सहयोग र अन्तरिक्षा प्रतिष्ठान नेपालको प्राविधिक सहयोगमा निर्माण गरिएको हो ।


उक्त प्राविधि आज जडान गरि मेलम्ची नगर प्रमुख आइतमान तामाङलाई सुरक्षाकर्मी जनप्रतिनिधिको रोहबरमा अन्तरिक्ष प्रतिष्ठान नेपालका प्रतिनिधि प्रा। डा। रमेशकुमार मास्केले हस्तान्तरण गर्नुभएको हो ।मास्केले उक्त यन्त्र अब नगरको सम्पती भएको भन्दै संरक्षण र उपयोगमा जोड दिनुभयो ।यस यन्त्रले नदिमा पानी र लेदोको बहाव स्याटेलाइट मार्फत भुउपग्रहमा पठाउने र उक्त जानकारी तत्कालका लागि काठमाडौमा रहेको स्टेशनमा पुर्याउने प्रा डा मास्केले जानकारी दिनुभयो ।

त्यहाँ प्राप्त जानकारी यहाँका सुरक्षाकर्मी र नगरलाई गराउने उहाँले बताउनुभयो ।केही समय पछि मेलम्चीबाटनै जानकारी लिन सकिने ब्यवस्था गरिने उहाँको भनाइ छ । नदिको सतह बढेर खतरा देखिएमा साइरन बजाइने छ । यस यन्त्रको सम्बन्धमा जनप्रतिनिधि , सुरक्षाकर्मी , शिक्षक र विधार्थीलाई तीन दिने अभिमुखिकरण समेत आयोजना गरिएको मास्केले बताउनुभयो । सूचनाको कमिले बाढिले धेरै क्षती गर्ने गरेकाले यस प्रणाली जडान गरि संचालन गरे पश्चात् जोखिम कम हुने नगर प्रमुख तामाङले विश्वास व्यक्त गर्नुभयो ।यस यन्त्रको माध्यमबाट पठाएको सुचनालाई भुउपग्रहको माध्यमबाट पृथ्वीमा रहेका स्टेशनमा सहि समयमा पुर्याइ सूचना अनुसार खतरा स्थिती भएमा साइरन बजाइने बताइएको छ ।

यस्ता किसिमका अध्ययन र विकास हाम्रो देशको युवा बैज्ञानिकहरुले गरेकोमा सम्बन्धित निकायले सक्दो सहयोग गरी निरन्तरता दिने र स्वदेशमै भएका बैज्ञानिकहरुले विकास कार्यमा ठूलो योगदान दिनसक्ने उहाँहरुको भनाई पनि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय