मेलम्ची / गएराती देखिको बाढिले मेलम्ची ११ स्थित फट्टेको अस्थायी पुलमा क्षती पुगेको छ ।त्यस्तै बाढिको त्रासले मध्यरातमा हेलम्बु , मेलम्चीका मेलम्ची नदि आसपासका स्थानीय घर छोडेर सुरक्षीत स्थानमा गएका थिए ।

राती १२ बजे घर छोडेर माथितिर गएर बसेको हेलम्बु २ का प्रभा भण्डारीले बताउनुभयो । गत असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो । अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताउनुभयो । यसबाट ६ वटा वडाका नागरिक प्रभावित भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय