हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले नीति तथा कार्यक्रम सावर्जजनिक गरेको छ । शुक्रबार गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० को लागि नीति तथा कार्यक्रम सावर्जजनिक गरेको हो । गाउँपालिकाले “हेलम्बु गाउँपालिकाको अभियान, नमुना गाउँपालिकाको निर्माण” भन्ने मुल नारा लिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिकाले आगामी वर्षहरुमा भौतिक पूर्वाधार, कृषि, सडक, शिक्षा, स्वास्थ्य, रोजगार, को क्षेत्रलाई प्राथमिकतामा राखि यस गाउँपालिकाको शैक्षिक सुधार, पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, स्वास्थ्य सुरक्षा र आयआर्जनमा वृद्धि गरि हेलम्बु लाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको जनाएको छ ।’


गाउँपालिकाले लोकप्रिय नीति तथा कार्यक्रम ल्याएको छ । जनताको निशुल्क स्वास्थ्य उपचार हाम्रो दायित्व, हेलम्बु बासिको हरेक महिना निश्ुल्क स्वास्थ्य परिक्षण, अध्यक्षसँग बालवालिका कार्यक्रम, विद्यालय मर्ज कार्यक्रम, बाढि पिडित व्यवसायिको लागि ऋण मिनाहा तथा सहुलियत ब्याज जस्ता अत्यन्त लोकप्रिय कार्यक्रमहरु गाउँपालिकाले ल्याएको छ ।


यस्तै गाउँपालिकाले नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ । एक वडा एक एम्बुलेन्स, घरघरमै सुत्केरी आमाहरु जाँच, समय र हाम्रो माग–दिर्घरोगीहरुलाई निशुल्क औषधीद्धारा सम्मान, निशुल्क एम्बुलेन्स सेवा तथा थप प्रसुती पोषण खर्च जस्ता महत्वपूर्ण नीति तथा कार्यक्रमहरु गाउँपालिकाले समेटेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । यस्तै शिक्षा क्षेत्रलाई पनि गाउँपालिकाले विशेष प्राथमिकता दिएको छ ।

हेलम्बु नमूना विद्यालय, सम्बोटालिपी र संस्कृतलीपी, दलित विद्यार्थीको लागि निशुल्क डाक्टरी शिक्षा, विद्यालयमा दिवा खाजा कार्यक्रम, शिक्षक तथा कर्मचारी सुरक्षा कोष , कल्याणकारी कोष, अस्थायी अवकाश कोष, गाउँपालिका भित्र रहेका बालविकास सहजकर्ताको तलव वृद्धि, शिक्षकहरुले आफ्नो बच्चाहरु निजी विद्यालयमा पठनपाठन गराउन नपाउने जस्ता कार्यक्रमहरु गाउँपालिकाले ल्याएको छ । यस्तै गाउँपालिकाले पर्यापर्यटन लागायतका क्षेत्रहरुलाई समेत प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय