आश्वसन बाढ्ने तर काम नगर्ने पार्टि तथा नेताहरुलाई नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमिति सदस्य युवा नेता कृष्ण बहादुर तामाङ समिरले सबक सिकाएका छन् । चुनावको बेलामात्र गाउँछिर्ने र विभिन्न झुटो आश्वसन बाढ्ने नेताहरुका लागि उनले ब्यक्तिगत खर्चमा सडक निर्माण गरेर उदाहरणिय ब्यक्ति बनेका छन् । मेलम्ची नगरपालिका वडा नम्बर ४ थकनी साविक थकनी ८, उर्लेनी वति ग्यमसङ्ग टोलबासीको समस्यालाई मध्यनजर गर्दै चुनावमा गरेको प्रतिबद्धता पुरा गरेको तामाङले बताए ।

आफ्नो ब्यक्तिगत करिब ५ लाख लागतमा सो बाटो निमार्ण गरेको र अहिले स्थानियले सास्ती खेप्न नपरेको तामाङको भनाई छ । तामाङले नसक्ने कुरा नबोल्ने र बोलेको कुरा पुरा गरेरै छोड्ने बताए । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदको प्रत्यासी एवम् मेलम्ची –४ सभापति युवा नेता कृष्ण कुमार तामाङ (समीर)ले यसअघिपनि विभिन्न समस्यामा पर्दै आएकाहरुलाई सहयोग गर्नुका साथै विपद्मा परेकाहरुलाई राहत तथा उद्धारको काम गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय