काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले जनताको ढाड सेक्ने गरी इन्धनमा उच्च मूल्यवृद्धि गरेको भन्दै सरकारविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

अध्यक्ष सुनिता बरालले सोमबार एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धिको निर्णय तत्काल फिर्ता लिन माग गर्नुभएको छ ।  ‘जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रूपमा गाँसिएका पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्दै निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन अनेरास्ववियु जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष बरालले मूल्यवृद्धिले गरिब जनताको चुल्हो बल्ने अवस्था नरहेको बताउनुभयो । 

अनेरास्ववियुले मूल्यवृद्धि विरुद्धको निर्णायक आन्दोलनमा सशक्त ढङ्गले उत्रन कार्यकर्ता र आमजनतामा अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय