सिन्धुपाल्चोक । ‘बागमती प्रदेश पूर्वाधार विकास कार्यक्रम सांसद विकास कोष’अन्तर्गत आ.व २०७८/७९ को बजेटबाट बागमती प्रदेश सांसद एवं पूर्व मन्त्री सरेस नेपालले जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रलाई अत्यावश्यक उपकरणहरू हस्तान्तरण गर्नुभएको छ । 

उहाँले आफ्नो सांसद विकास कोषमा रहेको रकम ‘प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम प्रदेश सांसद निर्वाचन क्षेत्र विकास कोष’ अन्तर्गत स्वास्थ्य क्षेत्रमा विनियोजित १० लाख मध्येबाट (बिपी) सेट लगायत सामाग्रीहरू हस्तान्तरण गर्नुभएको हो । 

बागमती प्रदेश सांसद एवं पूर्व मन्त्री सरेस नेपालले जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । १० लाख बजेटबाट बलेफी गाउँपालिकाले नै उपकरण सामाग्री खरिद गरी हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रम जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय