काठमाडौँ । कागेश्वरि मनोहरा ५ थली सडक सधैँ अस्तव्यस्त हुन्छ । ‘वर्षा याममा हिलो,हिउँदमा धुलो’ यी दुई कुरा यहाँका जनताको दैनन्दिनी भइसक्यो । घरबाट निस्किएको परिवारको सदस्य बेलुका कुन हालतमा आउने हो परिवारका सदस्यलाई पत्तो छैन । ठेकेदारको लापरबाहीले यहाँका जनताले सास्ती बेहोर्नु परेको धेरै समय भइसक्यो । ठेकेदार कम्पनीले काम नगरेपछि यहाँका जनताले सास्ती बेहोर्नु परेको हो । पटक पटकको आन्दोलन पश्चात् पनि काम अघि नबढेपछि दिक्क बनेका यहाँका जनता सडक बनाइदेऊ भन्दै मन्त्री,सांसद,मन्त्रालय सबै तिर हारगुहार गरिसके । तर, कतैबाट पनि केही हुन सकेन । 

कागेश्वरी मनोहरा नगर कार्यपालिका समेत रहेको यस वडामा विकास निर्माणका काम अत्यन्तै न्यून भएको देखिन्छ । विभिन्न सहायक सडकको हविगत झन् कारुणिक छ । सवारी साधन त परको कुरा मानिस हिँडडुल समेत गर्न गाह्रो छ । 

वर्षा याममा अत्यन्तै हिलाम्मे हुने गरेको यो सडक दिनानुदिन नगर प्रमुख, उपप्रमुख कर्मचारी सवार सडकहरूको अवस्था अझै पनि स्तरोन्नति नहुनु दुःखको कुरा रहेको स्थानीयहरू बताउँछन् । 

‘मानिस बिरामी भएको अवस्थामा तन्नामा पोको पारेर चाबहिल साँखु सडकमा निकाल्नु पर्ने अवस्था हुँदा पनि स्थानीय सरकार टुलुटुलु हेरेर बसेको छ । सहायक सडक त परको कुरा चाबहिल साँखुको मुख्य सडक समेत यस वडा भित्र भने कालो पत्रे हुन सकेको छैन’,एक स्थानीयले भने । 

‘स्थानीयको विवाद मिलाउन नसकेकाले अहिले सम्म पनि सडक हिलाम्मे छ ,स्थानीय सरकारको मिलेमतोमा नै यो सडक निर्माण नभएको हो ,कागेश्वरी मनोहरा नगरपालिकाको अन्य वडाको तुलनामा ५ नम्बर वडालाई कर्णालीको रूपमा चिनिने गरेको छ’,एक स्थानीयले बताए । जनप्रतिनिधिहरूको कम चासोमा परेको यस वडाको प्रतिनिधि सडक मात्रै हो वस्तेको ढिक किपुरवासे सडक , यस सडकमा बिहान विद्यालय पठाएका बालबालिका सकुशल घर आई पुग्छन् पुग्दैनन् भन्ने त्रासमा सधैँ अभिभावक रहनु पर्ने अवस्था छ ।

धर्म एस निर्माण सेवा प्रालिलाई ठेक्का परेको सडकमा करिब ४ करोडको बजेट रहेको छ । सडकमा ढल र नाला बनाउने नाममा माटो खनेर काम छाडेपछि बाटोको अवस्था झनै लाथालिङग भएको हो । 

शुक्रवार सडक निर्माणका लागि वडा सदस्यहरू आत्माराम पौडेल ,सुशान्त श्रेष्ठ, गोमा विशुंखेको अगुवाइ, स्थानीयहरूको सहभागितामा नगरपालिकाका इन्जिनियर,मेयरसँग छुट्टा छुट्टै छलफल गर्‍यो । छलफलले शुक्रवारबाट ठेकेदारले काम गर्न भन्यो र शुक्रवार ग्राभेल झार्‍यो । शुक्रवारबाट काम सुचारु भएको छ । 

सडक निर्माण कार्यमा मेयर कार्कीको निर्देशन

पटक पटकको ताकेता गर्दा पनि ठेकेदार कम्पनीले काम सुचारु नगरेपछि मेयर उपेन्द्र कार्कीले शुक्रवारबाटै काम सुचारु गर्न निर्देशन दिनुभएको छ । ताकेता गरिरहँदा पनि काम गर्न नआएको सडक निर्माण कम्पनीको ठेक्का प्रक्रिया रद्द गर्ने चेतावनी दिएपछि ठेकेदार कम्पनीले शुक्रवारबाट काम सुचारु गरेको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय