अर्घाखाँची । कोभिडको चापाचाप थियो । अक्सिजनको अभावमा कोभिड बिरामीहरूले ज्यान गुमाउनु पर्ने अवस्था आएपछि अक्सिजन प्लान्ट निर्माणको लागि जिल्ला स्तरमा स्वतःस्फूर्त रकम सङ्कलन सुरु भयो । यही बेला प्रदेश सरकारले अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट ल्याइदियो ।  गत २६ साउनमै अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट जडान गरे पनि एक वर्ष पुग्नै लाग्दासम्म पनि अक्सिजन उत्पादन भने भएको छैन ।

यो त एउटा प्रतिनिधि घटना मात्रै हो । तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा.कपिल गौतमको सक्रियताका बेला मुहार फेरेको अर्घाखाँची अस्पताल यति बेला पुरानै स्वरूपमा फर्किएको छ । डा.गौतमको कार्यकालमा अक्सिजन प्लान्ट मात्र होइन, थाइराराइड परीक्षण, २४सै घण्टा टिकट काउन्टर, सिसिटिभी क्यामेरा, टोकन मेसिन, दन्त परीक्षण सेवासहितका विभिन्न सेवा थपिएका थिए । तर, अहिले ती सबै सेवा भएर पनि नभएको जस्तै छ ।

अस्पतालका १२ वटा सिसिटिभी क्यामेरामध्ये अहिले एउटैले काम गर्दैनन् । बिरामीलाई लाइनमा बस्न समस्या नहोस् भनेर सुरु गरेको टोकन मेसिन बन्द भएको धेरै भइसक्यो, टिकट लिइसकेपछि नम्बर लेखाउन गार्ड खोज्दै हिँड्नु पर्ने अवस्था छ । 

हरेक शाखा तथा वार्डमा राखिएका डिजिटल बोर्ड बत्तीहरू कुनैले पनि काम गर्दैनन् भने शौचालयमा बत्ती बल्न छोडेको त महिनौँ भइसक्यो ।

शैय्याको अस्पतालमा दरबन्दीका डाक्टर शून्य

५० शैय्याको अर्घाखाँची अस्पतालमा १६ जना डाक्टरको दरबन्दी छ । नौ जना विशेषज्ञ र सात जना एमबिबिएस डाक्टरको दरबन्दी भए पनि अहिले अस्पतालमा एक जना पनि डाक्टर छैनन् ।

एक जना मेडिकल सुपरिटेन्डेन्ट, छात्रवृत्तिमा आएका तीन जना र एक जना निक साइमन्सको सहयोगमा आएका डाक्टरले अस्पताल धानिरहेका छन् ।

दरबन्दी अनुसारका डाक्टर नहुँदा बिरामीहरू ओपिडीमा उपचारको लागि घण्टा लाइन लाग्नु पर्ने अवस्था छ भने इमरजेन्सीमा पुगेका बिरामीले समेत डाक्टरको अनुहार हेर्न लामै समय कुर्नु पर्छ । जसका कारण अर्घाखाँची जिल्लावासी उपचार सेवा पाउनबाट वञ्चित भएका छन् । 

सम्पर्कविहीन कार्यालय प्रमुख

‘०७७–४२०२५७’ अर्घाखाँची अस्पतालको आधिकारिक टेलिफोन नम्बर यही हो । अस्पतालका प्रमुखको नम्बर पनि सार्वजनिक जत्तिकै छ । तर, यी दुवै फोन कहिल्यै उठ्दैनन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय