Site icon Subhatime

सिद्धि गणेश मा.वि.सानुसिरुवारी एसएलसी दोस्रो ब्याजका विध्यार्थीहरुको एक लाख बराबरको शैक्षिक सामाग्री वितरण

सिन्धुपाल्चोक । सिद्धि गणेश मा.वि.सानुसिरुवारी एसएलसी दोस्रो ब्याजका युवा विध्यार्थीहरुले पञ्चकन्या आधारभूत विद्यालय इन्द्रावती १२ का विध्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।  

उक्त समूहले ७० दर्जन कपि,७० दर्जन पेन्सिल,८० ओटा झोला सहित करिब १ लाख बराबरको शैक्षिक सामाग्री वितरण गरेका हुन् । सिद्धि गणेश मा.वि.सानुसिरुवारी एसएलसी दोस्रो ब्याजका युवा विध्यार्थीहरु र फिट विल गार्मेन्ट कारखाना प्रा.लिको सहयोगमा उक्त सामाग्री वितरण गरिएको हो । विगत लामो समयदेखि उक्त समूहका विध्यार्थीहरुले विपन्न असहाय र सीमान्तकृत वर्गका विध्यार्थीहरुलाई सहयोग गर्दै आइरहेका छ ।   

विगतमा पनि यस समूहमा आबद्ध युवा विध्यार्थीहरुले भदौरे गणेश सामाजिक संस्थाले आयोजना गरेको प्रदेश स्तरीय भलिबल प्रतियोगितामा नगद २० हजार चौतारा सांगाचोकगढि नगरपालिका वडा न.७ नेपानेमा रहेको रक्त विनायक गणेश मन्दिर निर्माणका लागि नगद १० हजार सहयोग गर्दै आइरहेको छ ।

समूहले विपन्न असहाय परिवारहरूलाई स्वास्थ्य, शिक्षा लगायत आधाभुत कुराहरूमा सहयोग गर्दै आएको छ । सिद्धि गणेश माध्यमिक विद्यालयको एसएलसी दोस्रो व्याजको यो समूहले आफ्नो समूहका सदस्यहरूसँग मासिक जनही ५०० जम्मा गर्ने र त्यसको व्याजबाट सामूहिक कार्य गर्ने गरेको समूहका सदस्य मुक्तिनाथ पराजुलिले बताउनुभयो ।

Exit mobile version