
काठमाडौं । गुणस्तरीय शिक्षामा दखल राख्दै आएको हिमालय कलेजले नयाँ शैक्षिक सत्रबाट फेसन डिजाइनिङ कोर्सको अध्ययन अध्यापन गराउने भएको छ ।
कलेजले राष्ट्रिय परिक्षा बोर्ड तथा पाठ्यक्रम विकास केन्द्रबाट सम्बन्धन प्राप्त गरि नयाँ संकाय शुरूवात गर्न लागेको हो ।
कलेजले युवाहरूमा रोजगारीको अवसर सिर्जना गर्ने आधारले सिपमुलक पाठ्यक्रम फेसन डिजाइन कोर्स आगामी नयाँ शैक्षिकसत्रबाट कक्षा ११ र १२ मा शुरूवात गर्न लागेको हिमालय कलेज प्रशासनले जनाएको छ ।
कलेजले विज्ञान, व्यवस्थापन, मानविकी, कानुन तथा शिक्षा संकाय पठनपाठन गराउदैँ आइरहेको थियो ।
२०६४ सालमा स्थापना भई कलेजले कक्षा १ देखि कक्षा ११, १२ सहित स्नातक तथा स्नातकोत्तर तहसम्मका विभिन्न विषयहरूको अध्यायन अध्यापन गराउँदै आइरहेको छ ।