सिन्धुपाल्चोक । सिन्धुपाल्चोककको जुगल गाँउपालिका वडा नम्वर ३ स्थित नेसम खोलामा रहेकाे झोलुङ्गे पुल केही समय अगाडि बाढिले बगाएपछि स्थानीयलाई आवत जावतमा समस्या भएको थियो । तर,सडक संजालबाट टुटिसकेका जुगल ३ का स्थानीयलाई झोलुङ्गे पुल निर्माण पछि सहज भएको छ । हालै सम्पन्न स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष लक्ष्मण दोङ आफै खटेर अस्थायी पुल बनाएपछि सडक संजालबाट सम्बन्ध टुटिसकेको गाउँका जनताहरुलाई आवातजावत गर्न केहि सहज भएको हो ।

झोलुङ्गे पुल निर्माणका लागि यसभन्दा अगाडि नै पूर्व प्रदेश मन्त्री शरेस नेपालको पहलमा बजेट विनियोजन भएर निर्माण समिति बनिसकेको थियो । वर्षायाम शुरूवात भएको र विविध प्राविधिक कारणले निर्माण कार्य अगाडि बढाउन नसक्दा आवतजावतको लागि फड्के प्रयोग गरिरहेको थियो।

केही दिन अघि आएको बाढीले फड्के वगाएकाे कारण नेसम खोला पारिका गाउँहरु तेम्बाथान, ङिमाडोल्मो,तेगा, साङ्गलुङ र दिपुका स्थानीयलाई बजार आवत जावतका लागि समस्या भएको थियो ।

वडा अध्यक्ष दाेङ लगायत नेकपा एमाले गुम्वाकाे अगुवाहरुकाे समुहले बगाएको पुललाई काठको सहायतामा दस दिन लगाएर शनिबार फड्के पुलको निर्माण सम्पन्न गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय