काठमाडौँ । वैदिक ज्ञानकुन्ज नेपालद्वारा आयोजित नव वर्ष २०७९  को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

आज जोरपाटीको छहारी क्लबमा उत्त कार्यक्रम सम्पन्न भएको हो  । कार्यक्रममा नेकपा एमालेका सांसद कृष्ण राई प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल,उपप्रमुख,सान्नानी लामा,वडाध्यक्ष ४ का वडाध्यक्ष जयराम महत,वडा नम्बर ६ का नवराज लामा,साहित्यकार गोविन्द घिमिरे,वरिष्ठ समाजसेवी सुदर्शन कुईकेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कृष्ण राईले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । उहाँले धर्मको बारेमा आफुलाई सबै थाहा नभए पनि विज्ञानको भने राम्रो ज्ञान भएको बताउनुभयो । उहाँले आफ्नो विगतलाई सम्झना गर्दै भन्नुभयो ” म टुहुरो केटो २ वर्ष हुँदा आमले छोडेर जानुभयो । बाले त काखमा राख्न पनि पाउनुभएन । म मावलिमा हुर्किएको अनि सानो हुँदा आमाले मलाई के भन्नुहुन्थ्यो भने त धर्म गर्दैनस त ठुलो मान्छे बन्दैनस । ” उहाँले धर्मले जातीय छुवाछुतका विषयलाई त्याग्नुपर्ने बताउँदै मानव जातिको हित र कल्याणमा हुनुपर्ने बताउनुभयो । उहाँले  धर्म जातका आधरमा नहुने र विभेदलाई त्याग्नुपर्ने बताउँनुभयो । जातीय विषयलाई कोट्याउदै उहाँले आफुलाई कैले तामाङ कैले राई र कैले बाहुन हुन मन लाग्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले संस्थालाई अगाडि बढाउन आफुले सकेको सहयोग गर्ने बताउनुभयो । उहाँले संस्थालाई जिवन्त राख्न सबैले आ आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो । त्यस्तै उपप्रमुख सान्नानी लामाले संस्थको भवन निर्माणका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यत्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै साहित्यकार गोविन्द घिमिरेले भारतीयहरुले नेपालको तिर्थ स्थलको नामै लिन नचाहेको बताउनुभयो । उहाँले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय