सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगर भित्रका क्रसरहरूको अनुगमन गर्नुभएको छ ।

नगर प्रमुख तामाङ, प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताल, राजस्व शाखाका प्रमुख राजेन्द्र दुलाल, वातावरण अधिकृत सुजन दुलाल ,सुरक्षाकर्मी लगायतको टोलीले आज क्रसरको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा क्रसर सञ्चालनको मापदण्ड लगायत विषयमा निरीक्षण गरिएको थियो । अनुगमनको क्रममा पानी थेग्राउने पोखरी पुरिएको भेटिएको थियो । त्यस्ता क्रसरहरूलाई पानी पोखरीमा जमाएर मात्र नदिमा छोड्नका लागि निर्देशन दिइएको नगरपालिकाका राजस्व शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो । साथै सम्पूर्ण क्रसरहरूलाई सूचना पार्टी राख्नको लागि आग्रह गरिएको थियो ।

साथै उत्खनन कार्यमा अनुमति लिएका भन्दा धरै टिपर भेटिएको छ । अनुगमनका क्रममा राजश्व दाखिला नगरेका जाल्पा इन्फ्रा इन्सटक्चर प्रालि, गङ्गा इन्द्रावती क्रसर उद्योग, वज्र वासिंङ सेन्टर र गुगल एन्ड जुगल लाई तुरुन्त राजस्व दाखिला गर्नका लागि निदैशन दिइएको दुलालले जानकारी दिनुभयो ।

अनुगमन पश्चात् क्रसर व्यवसायीहरूले आफ्नो कमीकमजोरीलाई सुधार्दै आगामी दिनमा गिटि तथा बालुवा उत्खनन गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय