सिन्धुपाल्चोक । एकातिर उम्मेदवार बन्ने आकाङ्क्षीको लर्को । अर्कोतिर चुनाव जित्ने उम्मेदवारलाई टिकट दिनुपर्ने दबाब । २०५४ सालमा यहीबिचको भुमरीमा थिए बाबुराम लामा । योसँगै उनको नाम वडाध्यक्षको आकाङ्क्षीको लिस्टमा पर्‍यो ।

पार्टीले उनलाई पत्यायो । उनले साविक भोटसिपा वडा नम्बर २ बाट ५४ सालको निर्वाचनमा सानदार जित हासिल गरे । ५४ सालपछि स्थानीय तहको निर्वाचन २० वर्षसम्म भएन । २०७४ को वैशाखमा निर्वाचनको मिति घोषणा भयो । फेरी पनि उनलाई पार्टीले टिकट दियो । उनले ७४ मा पनि सानदार जित हासिल गरे । पाँच वर्ष वडा चलाए । फेरी २०७९ सालको निर्वाचनमा पनि टिकट पाए १८८ मतान्तरले विजयी हासिल गरे । उनले वडाध्यक्षमा मात्र ३ पटक बाजी मारिसके । योसँगै उनको वडामै ह्याट्रिक भएको छ ।

सिन्धुपाल्चोकको अल्पविकसित वडामा पर्छ वडा नम्बर ९ । २०५४ सालदेखि निरन्तर वडा चलाएका बाबुरामले चुनावमा पराजय भोग्नु परेको छैन । उनले पराजयको पीडा अहिलेसम्म अनुभूति गर्न पाएका छैनन् । उनलाई त केवल विजय उत्सवको अनुभूति मात्र थाहा छ ।

लामो समयदेखि नेकपा एमालेबाट सक्रिय राजनीतिमा लागेका लामाको इन्टी्रपछि इन्द्रावती ९ मा एमालेले पराजय भोग्नु परेको छैन । अहिले पनि उनी सहित नेकपा एमालेका सम्पूर्ण उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय