सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले स्थानीय जनताको समस्या, आवश्यकता र अपेक्षालाई प्रत्यक्ष स्थलगत अनुगमन गर्नुभएको छ । 

अनुगमनको क्रममा नगरप्रमुख तामाङले वडा नं ६ को ताराङमाराङमा बाढीले पुर्‍याएको क्षति र नदीले गरेको कट्टानको अवलोकन र पीडित स्थानीयहरू सँग भेटघाट गरिएको थियो ।

सोही क्रममा वडा नं ७ को भट्टारमा निर्मित तितेखानी भट्टार लिफ्टिङ मोटर सिँचाइको उद्घाटन गरेको छ । विकास एवम् प्राकृतिक विपद्ले पारेको प्रभाव, नगर र प्रदेश सरकार द्वारा सञ्चालित योजनाको अनुगमन, अध्ययन तथा अवलोकनलाई प्रमुख तामाङले तीव्रता दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय