सिन्धुपाल्चोक । अनेरास्ववियु जिल्ला कमिटी सिन्धुपाल्चोकको प्रथम पदाधिकारी बैठक जिल्ला पार्टी कार्यलय चौतारामा सम्पन्न भएको छ ।

अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य एवम् जिल्ला ईन्चार्ज हिरा चौलागाईंको प्रमुख आतिथ्यतामा र अनेरास्ववियु पुर्व केन्द्रीय सदस्य एवं पार्टी चौतारा नगरकमिटी सचिव राधाकृष्ण गिरीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।

बैठकमा स्थानीय तह निर्वाचन २०७९ मा अनेरास्ववियुको भुमिका लगायत विषयमा समीक्षा गरिएको छ । आगामी असार ४ र ५ गते जिल्ला कमिटी दोस्रो पुर्ण बैठक सहित आवासीय प्रशिक्षण कार्यक्रम मेलम्चीमा गर्ने निर्णय गरेको छ । उक्त प्रशिक्षण कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटीका पदाधिकारी सहित सम्पुर्ण सदस्यहरु, पालिका कमिटी अध्यक्षहरु र क्याम्पस कमिटिका अध्यक्षहरु सहभागी हुने अनेरास्ववियु सिन्धुपाल्चोक सह सचिव नवीन पाण्डेले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय